‘एनिमल पार्क’मा बबी देओलको भूमिका खोस्दै विक्की कौशल

‘एनिमल पार्क’मा बबी देओलको भूमिका खोस्दै विक्की कौशल

मुम्बई : बलिउड अभिनेता रणवीर कपूरको पछिल्लो ब्लकबस्टर फिल्म ‘एनिमल’को बम्पर सफलतापछि फिल्मको दोस्रो भाग ‘एनिमल पार्क’को चर्चा चलिरहेको छ।

रणवीर र रश्मिका मन्दाना स्टारर यो फिल्मको सिक्वेल ‘एनिमल पार्क’मा कसले भिलेन चरित्र निर्वाह गर्ला भन्ने चासो सर्वत्र छ।

निर्माताहरूले फिल्मको दोस्रो भागको तयारी सुरू गरिसकेका छन्। बलिउडलाइफका अनुसार फिल्मको दोस्रो भागमा निर्देशक सन्दीप रेड्डी वांगा भिलेन परिवर्तनको तयारीमा छन्।

जसका लागि उनले विक्की कौशललाई प्रस्ताव गरेका छन्। यदि विक्की भिलेन चरित्रमा सहमत भए रणवीर र विक्कीको तेस्रो सहकार्य हुनेछ।

विक्की र रणवीरले यसअघि ‘सञ्जू’ र ‘लभ एण्ड वार’मा सहकार्य गरेका थिए। ‘लभ एण्ड वार’ फिल्म हाल प्री प्रोडक्सन चरणमा छ।

‘एनिमल’मा अभिनेता बबी देओलले भिलेनको भूमिका निर्वाह गरेका थिए। जसलाई दर्शकले रुचाएका पनि थिए।

फागुन १७, २०८० बिहीबार ०८:५६:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।