गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि टेन्डर आह्वान
काठमाडौं : चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि टेन्डर आह्वान भएको छ।
भरतपुर महानगरपालिकाले बिहीबार सार्वजनिक सूचना निकालेर रंगशाला निर्माणको लागि ३० दिनको म्याद राखेर एक अर्ब १० करोडको ठेक्का आह्वान गरेको हो।
आगामी मार्च ३१ गते १२ बजेसम्म टेण्डर हाल्ने अन्तिम समय दिइएको छ। महानगरले यसलाई पहिलो चरणको ठेक्का भनेको छ।
लामाे समयदेखि अलपत्र परेकाे योजनामा प्रदेश सरकार र भरतपुर महानगरपालिकासँगै संघीय सरकारको पनि सहयोग रहने भनिएको छ।
फागुन १७, २०८० बिहीबार ०८:४३:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।