मुख्यमन्त्री नै नआएपछि स्थगित भयो बागमती प्रदेशसभा बैठक

मुख्यमन्त्री नै नआएपछि स्थगित भयो बागमती प्रदेशसभा बैठक

काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेल अनुपस्थित भएपछि प्रदेशसभा बैठक स्थगित भएको छ।

प्रदेशसभा बैठकअघि बोलाइएको सर्वदलीय बैठकमा मुख्यमन्त्री अनुपस्थित भएपछि बुधबारका लागि तय भएको प्रदेशसभा बैठक बस्दै नबसी स्थगित भएको हाे।

पूर्वसहमति अनुसार बजेट बाँडफाँट नभएको भन्दै एमाले सहितका विपक्षी दलले प्रदेशसभा बैठक अवरुद्ध गर्ने चेतावनी दिएपछि बिहान साढे ११ बजेका लागि बैठक बस्ने तय भएको थियो। बैठकमा मुख्यमन्त्री जमरकट्टेल नै अनुपस्थित भएपछि सर्वदलीय बैठक बस्न सकेन।

मुख्यमन्त्री जमरकट्टेल बिहान एउटा टेलिभिजनको कार्यक्रममा व्यस्त रहेका थिए।

प्रतिपक्षी दलका सांसद्हरूले मुख्यमन्त्रीले सर्वदलीय र प्रदेशसभा बैठकलाई भन्दा अन्य कार्यक्रमलाई नै महत्त्व दिएको भन्दै आक्रोश व्यक्त गरेका छन्।

अर्को बैठक बिहीबार बिहान साढे ११ बजे बस्नेछ।

१६ फागुन, २०८०, २१:०१:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।