सरकार र मिटरब्याज पीडितको वार्ता तेस्रोपटक पनि निष्कर्षविहीन, आन्दोलन जारी रहने

सरकार र मिटरब्याज पीडितको वार्ता तेस्रोपटक पनि निष्कर्षविहीन, आन्दोलन जारी रहने

काठमाडौँ : मिटरब्याज पीडित र सरकारबीचको वार्ता तेस्रो दिन पनि निष्कर्षविहीन टुंगिएको छ।

बुधबार गृह मन्त्रालयमा मिटरब्याज पीडित र सरकारबीचको वार्तामा पनि समस्या समाधानका लागि ठोस निर्णय हुन नसकेको हो।

वार्तापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति नेपालका अध्यक्ष अवदेश कुसवाहले सरकारले मिटरब्याज पीडितको समस्यालाई गम्भीरतापूर्वक लिए पनि समस्या समाधान गर्ने विषयमा निष्कर्ष ननिस्किएको बताए।

उनका अनुसार मिटरब्याज पीडितहरूका फर्जी लिखत, तमसुक, दृष्टिबन्धक, छिनुवा, चेक सम्पूर्णलाई अवैध घोषणा गर्नुपर्ने, साहुले जफत गरेका सम्पूर्ण सम्पत्ति फिर्ता गर्नुपर्ने, अधिकार सम्पन्न न्यायिक आयोग गठन गर्नुपर्ने लगायतका माग छन्।

त्यस्तै, साहुहरूको सम्पत्ति शुद्धीकरण गर्नुपर्ने पनि आफूहरूको माग रहेको उनको भनाइ छ। अदालती प्रक्रियालाई स्थगित गर्नुपर्ने र अदालतबाट फैसला भइसकेका केसहरू आयोगमा झिकाइ पुनरवलोकन गर्नुपर्ने पनि आफूहरूको माग रहेको उनले बताए।

माग पूरा नभएसम्म आफूहरूको आन्दोलन जारी रहने उनको भनाइ छ।

फागुन १६, २०८० बुधबार २०:३०:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।