रूसी सेनामा भर्ती भएका नेपालीको विषयमा सूचना तथा क्षतिपूर्ति दिने समझदारी छ : प्रधानमन्त्री

रूसी सेनामा भर्ती भएका नेपालीको विषयमा सूचना तथा क्षतिपूर्ति दिने समझदारी छ : प्रधानमन्त्री

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रूससँग त्यहाँको सेनामा भर्ती भएका नेपालीहरूको विषयमा सूचना, राहत तथा क्षतिपूर्ति दिने समझदारी भएको बताएका छन्।

बुधबार राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले नेपालीहरू रूसी सेनामा भर्ती भएको विषयमा नेपाल सरकारले रूस सरकारसँग कुराकानी गरिरहेको स्मरण गराएका हुन्।

उनले उक्त समझदारी भएसँगै यो विषय सरकारको कमाण्डमा आएको बताए।

उनले भने, ‘यो विषय हामी सबैका लागि चिन्ता र पीडाको विषय भएको छ। रूस र युक्रेनको लडाइँ अगाडि बढ्दै गयो। केही नेपाली मारिएको कुरा आएपछि गम्भीरतापूर्वक रूससँग कुराकानी गरिएको छ। अहिले रूसले सूचना दिने, राहत क्षतिपूर्ति दिने र त्यसको तथ्यांक विवरण दिने भन्ने समझदारी भएको छ।’

उनले सरकारको भारत र ब्रिटिश सेनामा मात्रै नेपाली भर्ती हुन पाउने ऐतिहासिक सन्धि, सम्झौता रहेको भन्दै त्यस विपरीत भर्ती गर्ने कुनै नीति नभएको स्पष्ट पारे।

फागुन १६, २०८० बुधबार १७:३३:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।