नेदरल्यान्ड्ससँग २ रनले पराजित भयो नेपाल
काठमाडौं : त्रिकोणात्मक टी–२० श्रृंखला अन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपाल दुई रनले पराजित भएको छ।
नेदरल्यान्ड्सले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा एक सय ८२ रन मात्र बनायो।
नेपालका लागि दिपेन्द्रसिंह ऐरीले ६३ रनको योगदान दिए। उनले उनले ३४ बलमा ६ चौका र ३ छक्का प्रहार गरे। त्यस्तै, कप्तान रोहितकुमार पौडेलले ५०, कुशल मल्लले ११ रन बनाए।
यसअघि टियू क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले ४ विकेटको क्षतिमा १८४ रन जोड्यो। नेदरल्यान्ड्सका लागि साइब्रान्डले नटआउट ४९ रन जोडे। उनले ३८ बलमा ४ चौका र १ छक्का प्रहार गरे नेपालका करण केसी र कुशल मल्लले १/१ विकेट लिए।
मंगलबारदेखि सुरु भएको शृंखलामा नेपालको यो लगातार दोस्रो हार हो। पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो।
फागुन १६, २०८० बुधबार १५:०९:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।