यी हुन् माओवादीले फेरेका प्रदेश इन्चार्ज

यी हुन् माओवादीले फेरेका प्रदेश इन्चार्ज

काठमाडौं : माओवादी केन्द्रले पार्टीका प्रदेश इन्चार्ज हरूको जिम्मेवारी हेरफेर गरेको छ।

बुधबार पार्टी कार्यालय पेरिसडाडामा बसेको स्थायी समिति बैठकले सातवटै भूगोल, गैरभौगोलिक प्रदेश र प्रवासको जिम्मेवारी हेरफेर गरेको पार्टी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।

माओवादीको कोशी प्रदेश इन्चार्जको जिम्मेवारी हरिबोल गजुरेलले पाएका छन् भने सह-इन्चार्जको जिम्मेवारी सावित्रिकुमारी काफ्लेलाई दिएको छ।

त्यस्तै, मधेशको इन्चार्जमा लिलामणि पोखरेललाई यथावत् राख्दै सह-इन्चार्जको जिम्मेवारी विश्वनाथ साहलाई दिइएको छ।

बागमतीको इन्चार्ज पार्टी प्रवक्ता सापकोटा नै बनेका छन् भने सहइन्चार्ज टुंगो लाग्न सकेको छैन।

यसैगरी, गण्डकीको इन्चार्जमा दिनानाथ शर्मालाई तोकिएको छ भने सह-इन्चार्जमा हरिराज अधिकारी रहेका छन्।

लुम्बिनी इन्चार्जमा चन्द्रप्रकाश खनाल रहेका छन् भने सह-इन्चार्जमा कुलप्रसाद केसीले जिम्मेवारी पाएका छन्।

कर्णाली इन्चार्जको जिम्मेवारी कालीबहादुर मल्लले पाएका छन् भने सह-इन्चार्जको टुंगो लाग्न सकेको छैन।

त्यस्तै, सुदूरपश्चिम इन्चार्जमा गिरिराजमणि पोखरेललाई जिम्मेवारी दिइएको छ भने सहइन्चार्ज बिना मगर बनेकी छिन्।

विशेष प्रदेशको इन्चार्जको जिम्मेवारी हितमान शाक्यले पाएका छन् भने सह-इन्चार्जमा यशोदा सुवेदी रहेकी छिन्।

प्रवास अन्तर्गत मध्यपूर्वको इन्चार्जमा पम्फा भुसाल, भारतको इन्चार्जमा लक्ष्मण पन्त र सह-इन्चार्जमा टिबी पाठक रहेको प्रवक्ता सापकोटाले जनाए।

फागुन १६, २०८० बुधबार १४:३८:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।