नेदरल्यान्ड्सले नेपाललाई दियो १८५ रनको लक्ष्य
काठमाडौं : त्रिकोणात्मक टी२० क्रिकेट सिरिजको दोस्रो खेलमा नेदरल्यान्ड्सले नेपाललाई १८५ रनको लक्ष्य दिएको छ।
टस हारेर पहिला ब्याटिङमा तानिएका नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १८४ रन बनायो।
उसका लागि माइकल लेभिटले सर्वाधिक ५४ रन बनाए। ३६ बलको सामना गरेका उनले ५ चौका र तीन छक्का प्रहार गरे।
त्यसैगरी साइब्रान्ड इन्गलब्रेचले अविजित ४९ रन बनाउँदा कप्तान स्कड एडवार्ड ३३, तेजा निरामानुरु ३१ र म्याक्स ओडाउड ४ रन बनाएर आउट भए।
नेपालका करण केसी र कुशल मल्लले एक–एक विकेट लिए।
नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।
यसअघि मंगलबार भएको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो।
फागुन १६, २०८० बुधबार १३:०५:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।