राष्ट्रिय सभा अध्यक्षमा माओवादीले आफ्नै उम्मेदवार उठाउने

राष्ट्रिय सभा अध्यक्षमा माओवादीले आफ्नै उम्मेदवार उठाउने

काठमाडौं  माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षमा आफ्नै उम्मेदवार उठाउने भएको छ।

बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको पार्टी स्थायी कमिटीको बैठकले माओवादी आफैँले उम्मेदवारी दिने निर्णय गरेको पार्टी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।

सत्तारुढ गठबन्धन दल कांग्रेसले कृष्णप्रसाद सिटौलालाई अध्यक्षमा अघि सार्ने तयारी चर्चाकाबीच माओवादी यस्तो निर्णय गरेको हो।

माओवादीको स्थायी कमिटी बैठकमा मंगलबार अधिकांश नेताहरूले राष्ट्रिय सभा अध्यक्षमा दाबी प्रस्तुत गर्नुपर्ने अडान राखेका थिए।

संवैधानिक आयोगका पदाधिकारी नियुक्ति सिफारिस गर्ने ६ सदस्यीय संवैधानिक परिषद्को सदस्यसमेत हुने भएकाले दुवै दलले राष्ट्रिय सभा अध्यक्ष आफनो दलका नेतालाई बनाउन चाहेको बताइएको छ।

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन यही फागुन २९ मा हुँदैछ।

फागुन १६, २०८० बुधबार १२:२६:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।