विराट भट्टले बल्ल भेटे ‘१२ गाउँ’की हिरोइन्

विराट भट्टले बल्ल भेटे ‘१२ गाउँ’की हिरोइन्

काठमाडौं : गत मंसिर १४ गते फिल्म ‘१२ गाउँ’को निर्माण घोषणा गरेका निर्देशक तथा अभिनेता विराज भट्टले बल्ल हिरोइन भेटाएका छन्।

झन्डै तीन महिनाको अन्तरालमा उनले विराटनगरकी न्यान्सी खड्कालाई फिल्मका लागि अभिनेत्रीमा अनुबन्ध गरेका छन्।

बुधबार भट्टले फिल्मका लागि खड्कालाई अनुबन्ध गरेको जानकारी दिएका हुन्। फिल्मका लागि परफेक्ट अभिनेत्री खड्का नै भएको र खोजेजस्तै पाएको समेत बताए।

उनले पत्रकारसँग भने, ‘हामीले स्क्रिप्ट सुनायौं, उहाँले मनपराउनुभयो। हाम्रो सिनेमाको पात्रले खोजेको जस्तै भएकाले उहाँलाई अनुबन्धित गरेका छौँ।’

फिल्म ‘१२ गाउँ’मा अनुबन्ध भएकी खड्का मिस नेपाल इन्टरनेशनल–२०२२ हुन्।

केहि महिना अघि छोरा समिरको तस्विर सार्वजनिक गर्दै भट्टले फिल्मका लागि परफेक्ट अभिनेता भएको बताएका थिए। आगामी चैत १५ बाट छायांकनमा जाने भनिएको फिल्ममा विराज आफै पनि प्रमुख भूमिकामा देखिँदैछन्।

सन्तोष सरकारको कथा तथा पटकथामा निर्माण हुने यो फिल्म नेपाली सिनेमा इतिहासकै उच्च स्तरीय एक्सन पस्किने भनेर घोषणा नै गरिसकेका छन्। 

फागुन १६, २०८० बुधबार १२:०१:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।