रामेछापमा पाँच महिने बालकको अस्तिपञ्जर भेटियो

रामेछापमा पाँच महिने बालकको अस्तिपञ्जर भेटियो

रामेछाप : जिल्लाको खाँडादेवी गाउँपालिका-३ सित्खामा बालकको अस्तिपञ्जर फेला परेको छ।

मध्यपहाडी लोकमार्गको सडकको भित्तातर्फ हाल पहिचान नभएको अवस्थामा अस्तिपञ्जर फेला परेको हो।

टाउकोको भाग देखिने तर शरीरको अन्य भाग गलिसकेको अवस्थामा अन्दाजी ४/५ महिनाको बालकको अस्तिपञ्जर फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीले घटनास्थल सुरक्षित गरेर राखेको छ। घटनास्थल प्रहरी चौकी बेथान सित्खाबाट अन्दाजी पाँच सय मिटर पश्चिम छ।

फागुन १६, २०८० बुधबार १०:४७:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।