राष्ट्रिय सरोकार समितिमा आज प्रधानमन्त्री दाहालले जवाफ दिने

राष्ट्रिय सरोकार समितिमा आज प्रधानमन्त्री दाहालले जवाफ दिने

काठमाडौं : राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक आज बस्दैछ।

मंगलबार समितिको बैठक बोलाइएको भए पनि अन्तिम समयमा स्थगित भएको थियो।

बुधबार सिंहदरबारस्थित समितिको हलमा विहान ११ बजे पुनः बैठक बोलाइएको छ।

आजको बैठकमा समितिमा उठेका सवाल र निर्देशनहरूका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिने कार्यसूची रहेको छ।

समितिले सरकारलाई दिएका निर्देशन र ध्यानाकर्षण गराएका विषयहरूको हालसम्मको कार्यान्वनयको अवस्थाको बारेमा प्रधानमन्त्रीले जानकारी गराउने कार्यतालिका छ।

समितिको निरन्तर छलफलबाट पहिचान गरिएका सवालहरूमा छलफल गर्न प्रधानमन्त्री दाहाललाई बोलाइएको समितिले जनाएको छ।

फागुन १६, २०८० बुधबार ०९:४९:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।