भारतीय अभिनेत्री तथा पूर्व सांसद जया प्रदा फरारको सूचीमा
मुम्बई : अभिनेत्री तथा पूर्व सांसद जया प्रदालाई अदालतले मंगलबार फरार घोषित गरेको छ।
सन् २०१९ को लोकसभाको चुनावको समयमा भाजपाकी प्रत्याशी रहेकी जयामाथि चुनावको समयमा दुई मुद्दा दर्ता भएको थियो।
मुद्दा अहिले पनि रामपुरको एमपी-एमएलए स्पेशल कोर्टमा चलिरहेको छ।
जयालाई अदालतले कैयौं पटक सूचना जारी गर्दा पनि अदालतमा उपस्थित नभएपछि अब अदालतले फरार घोषित गरेको हो।
अदालतले जयालाई एक डिप्टी एसपीको अगुवाईमा ६ मार्च २०२४मा अदालतमा उपस्थित गराउन आदेश दिएको छ।
उनीविरुद्ध सन् २०१९ मा निर्वाचन आचारसंहिताका दुई मुद्दा दर्ता भएका थिए।
फागुन १६, २०८० बुधबार ०९:४२:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।