गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन आजबाट सुरू

गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन आजबाट सुरू

काठमाडौं : गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन बुधबार शुरु हुँदैछ।

बैठक दिउँसो २ बजे बोलाइएको छ। बैठकअघि कार्यव्यवस्था परामर्श समिति बसेर कार्यसूची तय गर्नेछ।

प्रदेश सरकारका प्रवक्तासेत रहेका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले विषयगत समितिबाट पारित भएका आमसञ्चार र बीउ बिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक यो अधिवेशनमा पेश हुने जानकारी दिएकी छिन्।

यस्तै, प्राइभेट फार्म दर्ता ऐन २०७८ लाई संशोधन गर्न बनेको विधेयक र सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मत सम्भार गर्न बनेको विधेयक पनि सदनमा पेश हुनेछ।

फागुन १६, २०८० बुधबार ०८:३८:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।