नेपाल वाफ महिला फुटबल च्याम्पियनसिपको फाइनलमा

काठमाडौँ : नेपाल वाफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। लेबनानलाई २-१ ले हराउँदै नेपाल फाइनलमा पुगेको हो।
उपाधिका लागि नेपालले जोर्डनसँग प्रतिस्पर्धा गर्नेछ। लेबनानसँग १-० ले पछि परेको नेपालले खेलको लयमा फर्कँदै दुई गोल गरेको हो।
पहिलो सेमिफाइनलमा जोर्डनले प्यालेस्टाइनलाई ५–० ले पराजित गर्दै फाइनलमा पुगेको थियो।
आत्मघाती गोलका कारण लेबनानले ३८ मिनेटमेै अग्रता लिएको थियो। नेेपालको तर्फबाट सावित्रा भण्डारीले ७६ मिनेटमा गोल गरिन् भने प्रिति राइले ९० मिनेटपछि थपिएको समयमा गोल गरिन्।
फागुन १६, २०८० बुधबार ००:५४:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।