५० लघुवित्त पीडितमाथि शान्ति सुरक्षा भङ्ग गरेको आरोपमा मुद्दा, सात दिन हिरासतमा राख्न अदालतको अनुमति

५० लघुवित्त पीडितमाथि शान्ति सुरक्षा भङ्ग गरेको आरोपमा मुद्दा, सात दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ : ५० जना लघुवित्त र सहकारी पीडितहरुमाथि प्रहरीले शान्ति सुरक्षामा खलल पूर्याएको आरोपमा हिरासतमा राखेर अनुसन्धान सुरु गरेको छ। मंगलबार अदालतबाट ७ दिन हिरासतमा राख्ने अनुमति लिएर उनीहरुला प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ।

सोमबार लघुवित्तको ऋण मिनाहाको माग राख्दै उनीहरू सुरक्षा घेरा छलेर संसद् भवन परिसरमा प्रवेश गरेर नाराबाजी गरेका थिए। उनीहरूलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको थियो।

सोमबार प्रहरीले उनीहरूलाई न्यायिक हिरासतमा राख्ने अनुमति माग्दा जिल्ला अदालत काठमाडौँले सात दिनको म्याद दिएको हो।

लघुवित्त, साहुकारा र सहकारीबाट पीडितहरू न्यायको माग गर्दै पैदलै हिँडेर काठमाडौँ आएर विभिन्न विरोध प्रदर्शन गरिरहेका छन्। उनीहरूले मंगलबार पैदल मार्च गरेका थिए।

फागुन १५, २०८० मंगलबार २०:०५:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।