यी हुन् मंगलबारको मन्त्रिपरिषदका निर्णय

यी हुन् मंगलबारको मन्त्रिपरिषदका निर्णय

काठमाडौं : सरकारले भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाललाई आगामी फागुन २० गतेदेखि २९ गतेसम्म बेलायतको लन्डनमा हुने राजनीतिक तथा सार्वजनिक जीवन अवार्ड २०२४ को समारोहमा सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ।

मंगलबारको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारकी प्रवक्ता रेखा शर्माले मेयर दाहाललाई लन्डन जाने स्वीकृति प्रदान गर्ने निर्णय गरेको जानकारी दिइन्।

त्यस्तै, मन्त्रिपरिषदले भारतीय विदेश सचिवसँग हुने द्विपक्षीय छलफल तथा भारतको पुनेमा आयोजना हुने आर्थिक संवादसम्बन्धी कार्यक्रमको उद्घाटन सत्रमा सहभागी हुन परराष्ट्र मन्त्रालयकी सचिव नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ।

सरकारले आगामी चैत १ देखि ९ गतेसम्म अमेरिकामा हुने विश्व बैंक र नेपालबीचका नयाँ खाका, नेपालमा हुन लागेको आईडीएसम्बन्धी दोस्रो बैठकको तयारी तथा माथिल्लो अरूण जलविद्युत्‌सम्बन्धी बैठकमा अर्थमन्त्री र अर्थ सचिवसहितको प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति दिने निर्णय गरेको प्रवक्ता शर्माले जनाइन्।

बैठकले दुबईमा फागुन १९ गते हुने रोजगार मेलामा सहभागी हुन श्रममन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरेको छ।

यस्ता छन् मन्त्रिपरिषदका १७ निर्णय :

फागुन १५, २०८० मंगलबार १८:१९:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।