अंश मुद्दा जितेकी अभिनेत्री निशाले लेखिन्' सबै भाग छोराको नाममा'
काठमाडौँ : हालै श्रीमानविरुद्धको अंश मुद्दा जितेकी अभिनेत्री निशा अधिकारीले एक अर्काबाट एक पैसा नलिने र सबै भाग छोराको नाममा राख्ने निर्णय गरेर प्रक्रिया अगाडि बढेको बताएकी छिन्।
केही समय अगाडि जिल्ला अदालत काठमाडौँले क्रिकेटर शरद भेषवाकरविरुद्ध निशाले हालेको अंश मुद्दामा तीन भागको एक भाग पाउने फैसला गर्दै मासिक खर्च समेत भराउन आदेश दिएको थियो।
दुबैबीच औपचारिक रूपमा सम्बन्ध विच्छेद भने भएको छैन। अंश सम्बन्धी फैसला सार्वजनिक भएपछि विभिन्न टीकाटिप्पणी र गाली आएको भन्दै निशाले सामाजिक सञ्जालमा लेख्दै कानुनमा आम र बुवा दुवैको सबै कुरा भाग लाग्ने व्यवस्था रहेको भन्दै किन कानुनी उपचार लिनु पर्यो भन्ने कुरा व्यक्तिगत भएको उल्लेख गरेकी छिन्।
'मेरो छोराको बुवा र मैले एक अर्काबाट एक पैसा नलिने र हाम्रो भाग सबै बाबुको नाममा राख्ने निर्णय गरेर प्रक्रिया अगाडी बढेको छ' उनले लेखेकी छिन्' तसर्थ एक अर्काको धन सम्पत्तिमा दुइटैको नजर नरहेको कुरा छ।'
उनले मर्नु अगाडि एक मात्र सन्तानको आर्थिक पाटो सुल्झौन पाएकोमा ढुक्कसँग मर्न पाउने र यसमा गर्व रहेको बताएकी छिन्। उनले समाजमा हानी नहुने गरी आफ्नो सन्तानलाई राम्रो वातावरणमा हुर्काउन पाउनु सबै अभिभावकको कर्तव्य र स्वतन्त्रता रहेको उल्लेख गरेकी छिन्।
फागुन १५, २०८० मंगलबार १७:४२:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।