फोन पेको ‘सक्षम नारी’ अभियानमा हजार रुपैयाँदेखि हिराको सेट जित्ने मौका

फोन पेको ‘सक्षम नारी’ अभियानमा हजार रुपैयाँदेखि हिराको सेट जित्ने मौका

काठमाडौं : ‘फोन पे’ले महिला वित्तीय समावेशीकरण र आत्मनिर्भरता प्रवर्द्धन गर्न ‘सक्षम नारी’ अभियान ल्याएको छ।

फोन पेले नबिल बैंक र सानिमा बैंकसँगको सहकार्यमा यो अभियान सुरू गरेको हो।

माघ २६ गतेदेखि सुरू भएको अभियान फागुन २८ गतेसम्म चल्ने कम्पनीले जनाएको छ।

अभियानमा नबिल र सानिमा बैंकका महिला प्रयोगकर्ता सहभागी हुन सक्नेछन्। सहभागी हुन आफ्नो मोबाइल बैंकिङ एपमार्फत अभियान अवधिभर फोन पे क्यूआर, फोन पे डाइरेक्ट र फोन पे बिल प्रयोग गरी कम्तीमा तीन वटा कारोबार गर्नुपर्ने हुन्छ।

अभियानको मापदण्ड पूरा गरेपछि नबिल बैंकका एक महिला प्रयोगकर्ताले बालाजी डायमन्डबाट उत्कृष्ट हिरा सेट पाउने फोन पेले जनाएको छ।

कम्पनीका अनुसार सानिमा र नबिल बैंकका एक सय महिला प्रयोगकर्ताले एक हजार रुपैयाँको निश्चित टपअप जित्नेछन्।

फागुन १५, २०८० मंगलबार १६:२५:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।