धादिङमा ६ सय २० किलो गाँजासहित ट्रक चालक पक्राउ

धादिङमा ६ सय २० किलो गाँजासहित ट्रक चालक पक्राउ

धादिङ : ६ सय २० किलो गाँजासहित प्रहरीले एक ट्रक चालकलाई पक्राउ गरेको छ।

गजुरी गाउँपालिका-२ स्थित सडकबाट ६ सय २० किलो ४४ ग्राम गाँजासहित प्रहरीले सर्लाही लालबन्दी नगरपालिका-७ बस्ने २९ वर्षीय सन्तोष कुमार साहलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले मधेश प्रदेश ०३-००१ ख ८३०९ नम्बरको मिनि ट्रकलाई जाँच गर्ने क्रममा कबाडीको समानभित्र लुकाई राखेको उक्त परिमाणको गाँजा फेला पारी ट्रक चालक साहलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

फागुन १५, २०८० मंगलबार १३:३३:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।