लोफ्टी इटनको कीर्तिमानी शतकमा नेपाललाई नामिबियाले दियो २०७ रनको लक्ष्य

लोफ्टी इटनको कीर्तिमानी शतकमा नेपाललाई नामिबियाले दियो २०७ रनको लक्ष्य

काठमाडौं : टी२०आई त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नामिबियाले नेपाललाई २०७ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नामिबियाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०६ रन बनायो।

उसका लागि जान निकोल लोफ्टी इटनले शतकीय पारी खेले। ३६ बलको सामना गरेका उनले ११ चौका र ८ छक्काको मद्दतमा १०१ रन बनाए।

यो उनको कीर्तिमानी शतक हो। उनी टी२० अन्तर्राष्ट्रिय खेलमा सबैभन्दा कम बलमा शतक प्रहार गर्ने खेलाडी बनेका छन्।

३३ बलमा शतक बनाएर उनले यसअघि कुशल मल्लको नाममा रहेको कीर्तिमान तोडेका हुन्। कुशल मल्लले एसियाली खेलकुदमा मंगोलियाविरुद्ध ३४ बलमा शतक बनाएका थिए।

यस्तै, नामिबियाका मलान क्रुगरले मेडन अर्धशतक बनाए। ४८ बलको सामना गरेका उनले ६ चौका र दुई छक्काको मद्दतमा अविजित ५९ रन जोडे।

यस्तै, माइकल भानलिङ्गन २०, जेपी कोर्ट्जे ११, जान फ्राइलिंक पाँच रनमा आउट हुँदा जेजे स्मिथ एक रन बनाएर अविजित रहे।

नेपालका कप्तान रोहित पौडेलले दुई विकेट लिँदा करण केसी र अविनाश बोहराले समान एक–एक विकेट लिए।

नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

फागुन १५, २०८० मंगलबार १३:०९:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।