नामिबियाविरुद्ध नेपालले टस हार्यो, यी हुन् प्लेयिङ ११

नामिबियाविरुद्ध नेपालले टस हार्यो, यी हुन् प्लेयिङ ११

काठमाडौं : त्रिकोणात्मक टि२० सिरिज अन्तर्गत नामिबियाविरुद्ध नेपालले पहिलो खेलमा टस हारेको छ।

नामिबियाका नियमित कप्तान जेरार्ड एरास्मसले आजको खेल नखेल्ने भएपछि जेजे स्मिटले कप्तानि सम्हालेका छन्।

उनले टस जितेर पहिलो ब्याटिङ रोजेका छन्। नेपालले पहिलो फिल्ड गर्ने भएको छ।

नेपालको टोलीमा ओडीआई टोलीमा नरहेका अभिनाश बोहोरा, सन्दीप जोरा र विवेक यादव प्लेइङ-११ मा छन्।

नेपाली टोली:
कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, अभिनाश बोहोरा, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, विवेक कुमार यादव, गुलशन झा, दीपेन्द्र सिंह ऐरी

फागुन १५, २०८० मंगलबार ११:२२:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।