मंगलबार सुनको मूल्य स्थिर, चाँदीको घट्यो

मंगलबार सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौं : साताको तेस्रो दिन मंगलबार सुनको मूल्य स्थिर रहँदा चाँदीको घटेको छ।

सोमबारको तुलनामा मंगलबार चाँदीमा तोलाको १५ रुपैयाँ कमी आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघ अनुसार सोमबार १ हजार ३९५ रुपैयाँ रहेको चाँदी मंगलबार १ हजार ३८० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुनको मूल्य १ लाख १८ हजार ३ सय रुपैयाँ हुँदा तेजाबी सुनको मूल्य १ लाख १७ हजार ७५० रुपैयाँ कायम भएको छ।

१५ फागुन, २०८०, १०:५७:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।