लिग२ मा सोचजस्तो परिणाम नआए पनि टिम एकदम पोजेटिभ छ : कप्तान रोहित पौडेल

लिग२ मा सोचजस्तो परिणाम नआए पनि टिम एकदम पोजेटिभ छ : कप्तान रोहित पौडेल

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले टीम एकदमै पोजेटिभ रहेको बताएका छन्।

नेपाल क्रिकेट संघको युट्युबमा सार्वजनिक एक भिडियोमा उनले विश्वकप क्रिकेट लिग २ मा सोचेजस्तो परिणाम नआए पनि टिम एकदमै पोजेटिभ रहेको बताएका हुन्।

उनले भने, ‘टिममा अझै पनि विश्वासको वातावरण छ, टिमको वातावरण पनि एकदमै पोजेटिभ छ। आउने खेलहरुमा पनि त्यसले प्रभाव पर्छ जस्तो लाग्छ मलाई।’

कप्तान पौडेलले खेलको सुन्दर पक्ष भनेको जित–हार भएको बताउँदै समर्थकहरूलाई त्यसलाई स्वीकारेर मैदानमा आइदिन आग्रह गरे।

‘हार स्वीकार गर्न ठूलो हिम्मत चाहिन्छ,’ उनले भने, ‘स्पोर्ट्सपर्सन त्यो कुरा हामीले सिकेका छौं। दर्शक र समर्थकको समर्थनले हामी नतमस्तक र आभारी छौं।’

आगामी खेलमा आफूहरूले सक्दो कोसिस गरेर टिमलाई जित दिलाउन भरपूर कोसिस गरेर सबैलाई गौरवान्वित बनाउने प्रतिबद्धता जनाए।

१५ फागुन, २०८०, ०९:५७:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।