काठमाडौंका यी स्थानमा आज आठ घण्टा विद्युत् आपूर्ति बन्द हुने

काठमाडौंका यी स्थानमा आज आठ घण्टा विद्युत् आपूर्ति बन्द हुने

काठमाडौं : काठमाडौंका विभिन्न स्थानमा आज आठ घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ।

रत्नपार्क वितरण केन्द्रको गैरीधारा फिडर अन्तर्गतका क्षेत्रमा आठ घण्टा विद्युत् आपूर्ति बन्द हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

११ केभी लाइनमा रहेको नाङ्गो तार बदलेर इन्सुलेट भएको कन्डक्टर बदल्न लागिएकाले मंगलबार विहान ८ बजेदेखि ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ।

प्राधिकरणका अनुसार पूर्व राजदरबार उत्तर ढोका हुँदै धोवीचौर गैरीधारा, सनराइज बैंक हुँदै बालुवाटार चोकसम्म विद्युत् आपूर्ति बन्द हुनेछ।

यस्तै, चिनियाँ एम्बेसी, नक्साल भुँडे गणेश अगाडि, नक्साल भाटभटनी अगाडि हुँदै विशालनगर चोकसम्म, हाडीगाउँ ओरालो, टैगाल फिडर भएको पोलसम्म पनि विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ।

फागुन १५, २०८० मंगलबार ०८:३९:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।