वाफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल र लेबनान भिड्दै

वाफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल र लेबनान भिड्दै

काठमाडौं : साउदी अरेबियामा जारी वाफ महिला च्याम्पियनसिपमाको सेमिफाइनलमा आज नेपालले लेबनानसँग खेल्दैछ।

खेल नेपाली समयअनुसार राति पौने ११ बजे किङ अब्दुल्लाह स्पोर्टस सिटी रिजर्भ स्टेडियममा हुनेछ।

समूह ‘बी’को विजेता नेपाल र समूह ‘ए’को उपविजेता लेबनानबीच फाइनल प्रवेशका प्रतिस्पर्धा हुन लागेको हो।

पहिलो खेलमा सिरियालाई ४-१ गोलले हराएको नेपालले दोस्रो खेलमा इराकलाई ५-० ले पाखा लगाएको थियो। तेस्रो तथा अन्तिम खेलमा प्यालेस्टाइनलाई ४-० गोलले पराजित गरेको थियो।

आजै हुने अर्को खेलमा प्यालेस्टाइन र जोर्डन आमनेसामने हुनेछन्। आजका विजेता टोलीले बिहीबार उपाधिका लागि भिड्नेछन्।

१५ फागुन, २०८०, ०८:२४:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।