निषेधित क्षेत्र तोड्दै  संसद् छिर्ने ४९ जना पक्राउ, एसएसपी मैनालीको नेतृत्वमा छानबिन समिति गठन

निषेधित क्षेत्र तोड्दै  संसद् छिर्ने ४९ जना पक्राउ, एसएसपी मैनालीको नेतृत्वमा छानबिन समिति गठन

काठमाडौं : पूर्व झापादेखि पश्चिम कञ्चनपुरबाट आन्दोलनका लागि काठमाडौं आएका लघुवित्त पीडितहरू प्रहरीको निषेधित क्षेत्र तोड्दै सोमबार नयाँ बानेश्वरस्थित संसद् भवनभित्र प्रवेश गरे।

न्यायका सडक प्रदर्शन गरिरहेका लघुवित्त पीडितहरु संसद् भवन प्रवेश गरेपछि प्रहरीले चार दर्जन बढीलाई  प्रहरीले नियन्त्रणमा लियो।

सरकारले संघीय संसद् वरपरको क्षेत्रलाई निषेधित क्षेत्र तोकेर प्रदर्शन गर्न निषेध गरे पनि लघुवित्त ऋणीहरूले निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेका हुन्।

काठमाडौं प्रहरी परिसरका एसपी नवराज अधिकारीका अनुसार संसद् भवन प्रवेश गर्ने ४८ महिला र एक पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ परेकाहरूलाई प्रहरी वृत्त बानेश्वरमा राखिएको छ। उक्त घटनाबारे छानबिन गर्न समिति समेत गठन गरिएको छ। उपत्यका प्रहरी कार्यालय रानीपोखरीले कार्यालयका एसएसपी दिनेश मैनाली नेतृत्वको समिति बनाइएको छ।

समितिमा काठमाडौं प्रहरीका एसपी नवराज अधिकारी र उपत्यका प्रहरी कार्यालयकै डीएसपी दिनेश घिमिरे सदस्य रहेका छन्। संसद भवनभित्रै लघुवित्त पीडितहरू प्रवेश गरेपछि एकपटक फेरि प्रहरीको सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ।

फागुन १५, २०८० मंगलबार ०६:५८:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।