गल्फ लुब्रिकेन्ट्सद्वारा चितवनमा रिटेलर मिट

गल्फ लुब्रिकेन्ट्सद्वारा चितवनमा रिटेलर मिट

काठमाडौं : नेपाल ल्युब आयल लिमिटेडले आफ्ना रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्सहरूसँग भेटघाट तथा छलफल कार्यक्रम गरेको छ।

आशीर्वाद अटो ट्रेडिङ्गको सहकार्यमा आयोजना भएको कार्यक्रममा बिक्रेता र मेकानिक्सहरूले सहभागिता रहेको कम्पनीले जनाएको छ।

कार्यक्रममा बोल्दै नेपाल ल्युब आयल लिमिटेडका उपमहाप्रबन्धक दिवाकर मिश्रले भेटघाट कार्यक्रम महत्त्वपूर्ण रहेको भन्दै यसको मुख्य उद्देश्य रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्सहरूसँग प्रत्यक्ष भेटघाट गरी रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्स मैत्री नीति बनाउनु भएको बताए।

त्यस्तै, ल्युब आयल लिमिटेडका एसिष्टेन्ट म्यानेजर राजन रावलले गल्फका विभिन्न उत्पादनहरूको बारेमा जानकारी गराउँदै आयलको अटोमोबाइलदेखि उद्योगहरूमा प्रयोग हुने सबै सेग्मेट्स र ग्रेडका लुब्रिकेन्ट्स, ग्रीजको बारेमा विस्तृतमा जानकारी गराएका थिए। उनले नेपाल ल्युब आयलले बिक्री गरिरहेको ब्याट्रीको बारेमा पनि प्रस्तुतीकरण दिएका थिए।

कार्यक्रममा चितवन अटो मोबाइल एसोसिएसनका निवर्तमान अध्यक्ष कृष्ण काफ्ले, चितवन अटो मोबाइल एसोसिएसनका पुर्व अध्यक्ष कृष्ण प्रसाद भण्डारी, चितवन अटो मेकानिकल व्यवसायी संघका अध्यक्ष राम बहादुर तिमिल्सिना लगायतले मन्तव्य राखेका थिए।

कार्यक्रममा लुब्रिकेन्ट्स बिक्रीमा उत्कृष्ट प्रदर्शन गर्ने रिटेलर एवं मेकानिकहरूलाइ हौसला स्वरुप सम्मान समेत गरिएको थियो।

फागुन १४, २०८० सोमबार २१:१४:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।