सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले गर्यो मृत्यु दाबी भुक्तानी

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले गर्यो मृत्यु दाबी भुक्तानी

काठमाडौं : सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीबाट आदित्य सत्यालको नामबाट सुनौलो भविष्य बाल जीवन बीमा योजना लिएकी प्रस्तावक आमा राधिका सत्याल लुइटेलको निधनपछि मृत्यु दाबी भुक्तानी गरिएको छ।

कम्पनीले म्यादी जीवन बीमा बापतको दाबी रकम ५ लाख रूपैयाँको क्षेत्रीय प्रबन्धक लक्ष्मी शाक्यले परिवारजनलाई चेक मार्फत हस्तान्तरण गरेकी हुन्।

कम्पनीका अनुसार राधिकाले २०७७ मंसिर ३० मा आदित्य सत्यालको नामबाट उक्त बिमाको थप बिमांक ५ लाख म्यादी जीवन योजनाका साथै घातक रोग विरुद्धको बिमा अतिरिक्त सुविधा लिएकी थिइन्।

अब छोरा आदित्यले सुनौलो भविष्य बाल जीवन बीमा योजना अन्तर्गत मासिक ५ लाख रूपैयाँको १ प्रतिशतले आगामी ९ बर्षसम्म प्राप्त गर्ने कम्पनीले जनाएको छ।

फागुन १४, २०८० सोमबार २०:२१:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।