टोटल इनर्जीको रिटेलर मिटमा १५० भन्दा बढीको सहभागिता

टोटल इनर्जीको रिटेलर मिटमा १५० भन्दा बढीको सहभागिता

काठमाडौं : लक्ष्मी ल्युब आयल प्रालि र काठमाडौं उपत्यकाको चाबहिल जोरपाटी क्षेत्रको टोटल इनर्जीको आधिकारिक बिक्रेता शंकर यमुना अटो पार्टसको सहकार्यमा टोटल इनर्जी रिटेलर मिट कार्यक्रम गरिएको छ।

गत शुक्रबार भएको कार्यक्रममा काठमाडौंका १५० जना भन्दा बढी रिटेलरको उपस्थिति रहेको कम्पनीले जनाएको छ।

शंकर यमुना अटो पार्टसका म्यानेजिङ डाइरेक्टर शंकर राज कारजितको सभाअध्यक्ष्यतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाल वर्कसप व्यवसायी संघका केन्द्रीय अध्यक्ष शरण कुमार गुरुङ रहेका थिए।

कार्यक्रममा टोटल इनर्जी इन्डियाका पुरुषोतमन एमएसले कम्पनीको उत्पादन रेन्ज र विशेषताको बारेमा सहभागीलाई जानकारी गराएका थिए।

त्यस्तै, विशेष अतिथिको रुपमा बोल्दै नेपाल अटो मेकानिक्स ट्रेड युनियनका पूर्व अध्यक्ष माधव पाण्डेले कमसल गुणस्तरका लुब्रिक्यान्टसको कारोबार बढ्दै गएको भन्दै उपभोक्ताले त्यतातिर सजग हुनुपर्ने बताए।

आयोजकको तर्फबाट बोल्दै लक्ष्मी ल्युब आयलका सेल्स मेनेजर उमेश घिमिरेले लक्ष्मी ग्रुपको साथै लक्ष्मी ल्युब आयल प्रालिको बारेमा सहभागीहरूलाई जानकारी गराएका थिए भने प्रमुख अतिथि गुरुङले गुणस्तरहीन लुब्रिक्यान्टसको कारोबार बढ्दै जानु दुखद रहेको भन्दै यसलाई रोक्न मापदण्ड बनाउन सरकारसँग पहल गर्ने प्रतिबद्धता जनाए।

फागुन १४, २०८० सोमबार १९:५८:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।