झन्डै ४०० गीतहरू दिएर गए ‘भजन शिरोमणि भक्तराज’

झन्डै ४०० गीतहरू दिएर गए ‘भजन शिरोमणि भक्तराज’

काठमाडौं : वरिष्ठ गायक तथा भक्तराज आचार्यको निधन भएको छ। आज अपरान्ह उपचारका लागि ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै उनको निधन भएको संगीतकार चेतन सापकोटाले जानकारी दिए।

आचार्यको शवलाई श्रद्धाञ्जलीका लागि भोलि मंगलबार बिहान नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा राखिने भएको छ।

भक्तराज पिता बलभद्र र मात रेनुकाको कोखबाट सन् १९४२ मा जन्मिएका थिए। भजन शिरोमणिको उपाधि पाएका आचार्य सन् १९७३ देखि ८६ सम्म संगीत साधनामा सक्रिय थिए।

भक्तराज सुर सम्राट मानिन्छन्। उनका दुई सुपुत्र सत्यराज र स्वरुपराज पनि संगीत साधनामा सक्रिय रहेका छन्।

आचार्यले झन्डै ४०० गीतहरूमा स्वर तथा संगीत दिएका छन्। मुटु जलिरहेछ, जति चोट दिन्छौ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरूको, माया मेरी साँझ बनि, हजार आँखा हेर्ने, कोही नगरोस् प्रेम, एकदिन जस्ता अमर गीतहरू जनमनमा लोकप्रिय छन्।

त्यस्तै, उनका लोकप्रिय भजनहरूमा एक दिन मैले प्रभुसँग, राम यहीँ छन्, भगवान जीवन नाउ, दुर्गे देउ भक्ति मलाई, तन मन वचनले लगायत हुन्।

फागुन १४, २०८० सोमबार १९:२८:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।