‘कार्टुन्ज क्रु’को वेब सिरिजमा ‘स्वस्थानी भर्सेस ग्याङ’

‘कार्टुन्ज क्रु’को वेब सिरिजमा ‘स्वस्थानी भर्सेस ग्याङ’

काठमाडौं : डान्सिङ समूह ‘द कार्टुन्ज क्रु’को वेब सिरिज ‘स्वस्थानी भर्सेस ग्याङ’ वैशाख १ गतेदेखि स्ट्रिमिङ हुने भएको छ।

यसअघि ‘हाम्रो हाइस्कुल’, ‘ट्वेन्टीफस्ट लभ’ र ‘यू एण्ड आई’ पछि प्रोफाइल पिक्चर्सले ‘कार्टुन्ज क्रु’सँगको सहकार्यमा छुट्टै एउटा नयाँ सिरिज ल्याउन लागेको हो।

पाँच पोस्टर सार्वजनिक गर्दै नेपालमा अहिले बनिरहेका वेब सिरिज भन्दा विल्कुलै फरक ढंगले निर्माण भएको टिमले जानकारी दिएको छ।

यो सिरिजको कथा, पटकथा र निर्देशन सरिन पोखरेलको छ। पोखरेल आफैले यसअघिका तीन वटा सिरिज निर्देशन गरिसकेका छन्। सरोज अधिकारी र सागर खनाल निर्माता हुन्। कार्यकारी निर्मातामा विजय अधिकारी (बन्नी) छन्।

सिरिजमा आश्मा विश्वकर्मा, सरोज अधिकारी, जिवेश गुरुङ, लक्ष्मी गिरी, विजय अधिकारी, सगिता बस्याल ,अस्मिता खनाल, अभिप्सा खनाल, संयोग गुरागाईं, रोशनी कार्की, सोनिया लामा, निकोलस अर्याल लगायत कलाकार छन्।

गायक प्रताप दासको केमियो भूमिका हुनेछ। संकल भुजेलको छायांकन र सागर खनालको सम्पादन रहने छ।

एड्भेन्चर, कमेडी, रोमान्टिक ड्रामा जनरामा राखिएको यो सिरिज कार्टुन्ज क्रुको युट्युब च्यानलमा स्ट्रिमिङ हुनेछ। सिरिजको शीर्ष भूमिका स्वस्थानीमा आश्माले अभिनय गरेकी छन्।

एउटा मोबाइल वरपर केन्द्रित कथावस्तुमा सिरिज बनेको छ। सिरिजमा कुल १० एपिसोड हुनेछ।

फागुन १४, २०८० सोमबार १६:५५:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।