घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं : सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ७ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ५ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ९ सय ५० रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, सोमबार चाँदीको मूल्यमा पनि ५ रुपैयाँ घटेको छ।

आइतबार प्रतितोला १४ सय रूपैयाँमा किनबेच भएको चाँदीमा आज ५ रुपैयाँ गिरावट भएको हो।

१४ फागुन, २०८०, १४:१४:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।