मापसेपछि कुटपिट गरेर हत्या, एक जना पक्राउ

मापसेपछि कुटपिट गरेर हत्या, एक जना पक्राउ

बझाङ : जयपृथ्वी नगरपालिका-७ सुबेडास्थित किमतोली बस्ने ४० वर्षीय राम प्रशाद जोशीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ४८ वर्षीय जय बहादुर हमाललाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ।

मादक पदार्थ सेवन गरी हमालले कुटपिट गर्दा जोशीको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बझाङ समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

साथै थप अनुसन्धानको लागि हमालको छोरालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

फागुन १४, २०८० सोमबार १२:३७:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।