दोस्रो बैठकको शुरूमै सभामुखले सरकारलाई रुलिङ गरेपछि हट्यो विपक्षीको अवरोध

दोस्रो बैठकको शुरूमै सभामुखले सरकारलाई रुलिङ गरेपछि हट्यो विपक्षीको अवरोध

काठमाडौं : सभामुख देवराज घिमिरेलाई सदनमा उठेका विषयमा जवाफ दिन सरकारलाई रुलिङ गरेका छन्।

सोमबारको प्रतिनिधिसभाको पहिलो बैठकमा सांसदहरूले उठाएका विषयमा सरकारलाई जवाफ दिन सभामुखले दोस्रो बैठक सुरु भएलगत्तै रुलिङ गरेका हुन्।

‘बैठकमा नियमित रुपमा माननीयहरूले उठाउनुभएको विषयमा मेरो ध्यानाकर्षण भएको छ,’ उनले भने, ‘मान्य सदस्यहरूले उठाउनुभएका विषयहरूमा सभाको आगामी बैठकमा जवाफ दिन म नेपाल सरकारलाई निर्देशन गर्दछु।’

सभामुखले रुलिङ गरेलगत्तै विरोधमा उत्रिएका विपक्षी दलका सांसदहरू बसेका छन्। विपक्षी दलका सांसदहरू बसेसँगै सदनको आजको कारबाही  प्रारम्भ भएको छ।

सोमबारको बैठकमा आकस्मिक समय हटाएर, शून्य समय र विशेष समय मात्रै राखिएको छ।

फागुन १४, २०८० सोमबार १२:३२:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।