‘कि मन्त्रीहरूले राजीनामा दिनुपर्छ कि प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ’

‘कि मन्त्रीहरूले राजीनामा दिनुपर्छ कि प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ’

काठमाडौं : एमाले सांसद गोकुलप्रसाद बास्कोटाले बालकुमारी घटनाबारे जवाफ दिन सरकारसँग माग गरेका छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद बास्कोटाले प्रमुख प्रतिपक्षी लगायतका विपक्षी दलहरूले प्रश्न उठाइरहँदा पनि सरकार जवाफदेही नभएको आरोप लगाएका हुन्।

सार्वजनिक पदमा बसेका मानिसहरूको विषयमा गम्भीर प्रश्न उठेपछि पदबाट राजीनामा दिनुपर्नेमा जोड दिए।

उनले भने, ‘सार्वजनिक पदमा बसेका मानिसहरूको विषयमा गम्भीर प्रश्न उठेपछि पदबाट राजीनामा दिन केले रोक्यो?’

एमाले सांसद बास्कोटाले कि त मन्त्रीहरूको राजीनामा कि त प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने बताए।

‘कि त प्रश्न उठेका मन्त्रीहरूले राजीनामा दिनुपर्छ किन प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ,’ उनले थपे, ‘प्रधानमन्त्रीले आजै जवाफ दिनुपर्छ, हामी निरन्तर आन्दोलनमा छौं।’

प्रधानमन्त्री प्रचण्डले आफैँ बालुकमारी घटनाबारे बोलेको र सभामुखले गरिसकेको अवस्थामा पनि सरकार मौन बसिरहेकोमा उनले सन्तुष्टि जाहेर गरे।

फागुन १४, २०८० सोमबार ११:२४:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।