इसेवा लाइफ केयर सुरू, पाँच लाख ३० हजारसम्मको आर्थिक सुरक्षा पाइने
काठमाडौं : नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले ‘इसेवा लाइफ केयर योजना’ सार्वजनिक गरेको छ।
यसअघि दुर्घटना तथा बिरामी पर्दाको अवस्थालाई मध्यनजर गर्दै सार्वजनिक गरिएको ‘इसेवा केयर’लाई ग्राहकले अत्याधिक मन पराएपछि अहिले जीवन बीमा हुने गरि ‘इसेवा लाइफ केयर योजना’ सार्वजनिक गरिएको कम्पनीले जनाएको छ।
इसेवा लाइफ केयर एक टर्म लाइफ जीवन बीमा प्याकेज हो, जसले ५ लाख ३० हजार सम्मको जीवन बीमाको ग्यारेन्टी गर्दछ। यो जीवन बीमा योजना सन लाइफ इन्स्योरेन्स् र हिमालयन एभरेष्ट इन्स्योरेन्स्सँगको सहकार्यमा सञ्चालन गरिएको हो।
यस योजनामा इसेवा केयरमा जस्तै विभिन्न स्वास्थ्य सम्बन्धी सेवाहरूमा अफर तथा छुटहरू समेत समावेश गरिएको छ। यस योजनामा वार्षिक सात सय रुपैयाँमा ५ लाख ३० हजार रूपैयाँको लाइफ केयर प्रदान गर्दछ। यस योजनाले सस्तो मूल्यमा १८ देखि ४५ वर्ष उमेर सम्मको बीमाका साथै अन्य स्वास्थ्य सुविधाहरू प्रदान गर्ने कम्पनीले जनाएको छ।
योजनामा उमेर अनुसार प्रिमियम रकम पनि फरक हुनेछ। इसेवा लाइफ केयर योजनामा टर्म लाइफ कभरेज २ लाख ५० हजार, दुर्घटना उपचार खर्च एक लाख, अस्पतालको बेड चार्जमा १० हजार, दुर्घटनाबाट भएको मृत्युमा एक लाख २० हजार, गम्भीर रोगको ५० हजार र ३० भन्दा बढि स्वास्थ्य र सौन्दर्य सम्बन्धित सेवामा ३५ प्रतिशतसम्म छुट प्राप्त गर्न सकिन्छ।
इसेवा प्रयोगकर्ताले यो सेवा लिन इसेवाको मोबाइल एप्स् अथवा वेबपेजमा गएर विवरण भरेर भुक्तानी गर्नुपर्नेछ। योजनाका लागि केवाईसी प्रमाणित अनिवार्य गरिएको हुनुपर्नेछ भने खरिद गरेको २४ घण्टाभित्र योजना लागू हुनेछ।
प्रयोगकर्ताले बीमा सेवाको उपभोग गर्न बीमा गरेको प्रमाण साथमा राख्नुको साथै दाबीका लागि आवश्यक कागजात बोक्नुपर्नेछ। इसेवा प्रयोगकर्ताले दुर्घटना, अस्पताल भर्ना, मृत्यु दाबीका लागि हिमालयन एभरेष्ट इन्स्योरेन्स्मा सम्पर्क गरि आवश्यक कागजात पेश गरि भुक्तानीका लागि दाबी गर्नुपर्नेछ।
हाल देशभर इसेवाको मोबाइल एप्स् डाउनलोड गर्नेको संख्या १ करोड २ लाख भन्दा बढि पुगेको छ। यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ९० लाखले इसेवामार्फत सेवा लिइरहेका छन्।
फागुन १४, २०८० सोमबार १०:२१:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।