फागुन १७ देखि १९ गतेसम्म सातौं नेपाल मेडिकल तथा ल्याब एक्सपो हुँदै

फागुन १७ देखि १९ गतेसम्म सातौं नेपाल मेडिकल तथा ल्याब एक्सपो हुँदै

काठमाडौं : एसडी प्रोमो मिडियाले ईईपीसी भारत र केमसान नेपालसँगको सहकार्यमा सातौँ नेपाल मेडिकल तथा ल्याब एक्सपोको यहि फागुन १७ देखि १९ गतेसम्म भृकुटीमण्डपमा हुने भएको छ।

आइतबार काठमाडौंमा भएको प्रत्रकार सम्मेलनमा एसडी प्रोमो मिडियाका प्रोजेक्ट प्रमुख अनुरोध परासरले नेपालको स्वास्थ्य क्षेत्रमा योगदान दिने उद्देश्यले नेपाल मेडिकल एण्ड ल्याब एक्सपो आयोजना हुन लागेको बताए।

देशैभरिका ग्राहकहरूको माग सम्बोधनका लागि सबैभन्दा ठूलो बि टु बि मेडिकल, डाइग्नोस्टिक, ल्याबरेटोरी तथा विश्लेषणात्मक समाधानहरूको प्रदर्शनी एक्पोमा हुन लागेको उनले बताए।

उनका अनुसार यस एक्पोले विभिन्न मूल्यका नवीन प्रयोगहरू तथा विविध उत्पादनहरू देखाउनेछ। एक्पोले साना तथा ठूला कम्पनीहरूलाई एक अर्कासँग परिचय तथा सम्बन्ध बढाउँदै आफ्ना सिर्जनाहरू परिचित गराउने सुनौलो अवसर दिने बताए।

कार्यक्रममा बोल्दै केमसान नेपालका अध्यक्ष भक्त  बहादुर हमालले स्वास्थ्य क्षेत्रमा हरेक वर्ष नयाँ आविष्कार हुने भएकाले ती कुरा अस्पतालसम्म पुर्याउने उदेश्यले उक्त एक्स्पो गर्न लागेको बताए।

प्रदर्शनीबाट नयाँ कम्पनीहरूका लागि स्थापित संस्था तथा ब्रान्डसँग परिचय तथा चिनजानका लागि महत्त्वपूर्ण अवसर हुने उनको भनाइ छ।

प्रदर्शनीमा नेपाल र भारतसहित विभिन्न ८ देशका उत्पादकले आफ्ना ८०० बढी ब्राण्ड र १००० बढी उत्पादन प्रदर्शनीमा राख्दैछन्।

प्रदर्शनीमा अस्पतालहरूका प्रमुख, डाक्टरहरू, रोग विशेषज्ञहरू, सर्जिकल, निदान र अनुसन्धान प्रयोगशालाका विज्ञ, वैज्ञानिक, डिलर, वितरक , आयातकर्ता, खुद्रा विक्रेता र अन्य खरीददार समूहहरूका लागि मुख्य आकर्षण हुने हमालले बताएका छन्।

फागुन १४, २०८० सोमबार ०९:२१:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।