इटालिएन ‘सिरी ए’ फुटबलमा इन्टर मिलानको शानदार जित

इटालिएन ‘सिरी ए’ फुटबलमा इन्टर मिलानको शानदार जित

काठमाडौं : इटालिएन सिरी ए फुटबलमा शीर्ष स्थानको इन्टर मिलानले शानदार जित निकालेको छ।

मिलानले आइतबार राति भएको खेलमा लेसीलाई ४-० गोल अन्तरले पराजित गर्दै तालिकामा ३ अंक थपेको हो।

लाउटारो मार्टिनेले खेलको १५ औं र ५६ औं मिनेटमा गरेर दुई गोल गर्दा डेभाइड फ्राटेसीले ५४औं तथा स्टेफन डी भ्रिजले ६७ औं मिनेटमा एक-एक गोल थपे।

तीन अंक थप भएसँगै शीर्ष स्थानमा रहेको इन्टरले दोस्रो स्थानको युभेन्टसलाई ९ अंकले पछि पारेको छ।

युभेन्टसभन्दा एक खेल कम खेलेको इन्टरको ६६ अंक रहेको छ भने २६ खेलबाट युभेन्टसको ५७ अंक रहेको छ।

इटरसँग पराजित भएको लिसे भने १४ औं स्थानमा छ।

सिरी ए कै अर्को खेलमा दोस्रो स्थानमा रहेको युभेन्टसले फ्रोसनोनमाथि  ३-२ को कठिन जित निकाल्दा तेस्रो स्थानको एसी मिलान र पाँचौं स्थानको एटलान्टाले एक-एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।

यस्तै, नापोली र काग्लीअरीले पनि बराबरी खेल्दै अंक बाँडेका थिए।

१४ फागुन, २०८०, ०८:०१:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।