टी-२० सिरिज खेल्ने नेपाली टोली घोषणा

टी-२० सिरिज खेल्ने नेपाली टोली घोषणा

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीले त्रिकोणात्मक टि-२० सिरिजका लागि टोली घोषणा गरेको छ।

रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टोली घोषणा भएको हो। विश्वकप छनोट खेलेको टोलीमा चार खेलाडी थप्दै टोली घोषणा गरिएको हो।

तीव्र गतिका बलर रशिद खान, अनिल शाह, सागर ढकाल र आरिफ शेख टोलीमा थपिएका छन्। रशिद र सागरले नेपाल ‘ए’बाट खेलेका थिए।

पिएम कपमा चोट बोकेका अभिनाश बोहोरा टोलीमा फर्केका छन्।

ओडीआई टोलीमा नरहेका विनोद भण्डारी, सन्दीप जोरा, विवेक यादव र प्रतिश जिसी पनि टोलीमा समावेश छन्।

फागुन १४, २०८० सोमबार ०७:३५:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।