काराबाओ कपको उपाधि लिभरपुललाई, चेल्सी १-० ले स्तब्ध

काराबाओ कपको उपाधि लिभरपुललाई, चेल्सी १-० ले स्तब्ध

काठमाडौं : चेल्सीलाई १-० ले हराउँदै काराबाओ कपको उपाधि लिभरपुलले जितेको छ।​

निर्धारित ९० मिनेटमा गोलरहित बराबरी भएपछि अतिरिक्त समयमा धकेलिएको खेलमा लिभरपुलका लागि भर्जिल भान डाइकले निर्णायक गोल गरे।

अतिरिक्त समयको खेल सकिन दुई मिनेटअघि डाइकले लिभरपुलका लागि विजयी गोल गरेका हुन्।

निर्धारित समयको खेलमा लिभरपुललाई दबाबमा राखे पनि चेल्सीले गोल गर्न भने सकेन। उसका केही प्रहार पोस्टमा लागेर फर्किएका थिए।

वेम्बलीमा चेल्सीविरुद्ध खेलिएका तीन वटै फाइनलमा यस सिजन लिभरपुलले उपाधि जितेको गरेको छ।

यसअघिका दुई फाइनल पेनाल्टी सुटआउटमा जिते पनि लिभरपुलले काराबाओ कपको उपाधि अतिरिक्त समयमै हासिल गर्न सफल रह्यो।

१४ फागुन, २०८०, ०७:१५:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।