तेस्रो खेलमा पनि नेपाल पराजित, ३५.५ ओभरमै नेदरल्याड्सले जित्यो
काठमाडौँ : नेपाल आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलाको अन्तिम खेलमा नेदरल्यान्ड्ससँग आठ विकेटले पराजित भयो।
आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले नेदरल्याण्ड्सलाई १ सय ७३ रनको लक्ष्य दिएको थियो। नेपालले दिएको चुनौती सामना गर्न नेदरल्याण्ड्सले पुरै ओभर पनि खेल्नु परेन। उसले ३७.५ ओभरमा दुई विकेट गुमाएरै लक्ष्य पुरा गर्यो।
नेदरल्यान्ड्सका विक्रमजित सिंहले अविजित ५८ रन बनाएका थिए। एन्जेलब्रेटले ७५ बलमा तीन चौकासहित ४६ रन जोडेका थिए। आइतबारको नतिजासँगै घरेलु मैदानमा शृङ्खलाका चार खेलमध्ये नेपालले तीन खेल हारिसकेको छ।
टस हारेर ब्याटिङ पाएको नेपालले ४९.३ ओभरमा सबै विकेट गुमाएर १७२ रन बनाएको थियो। नेपालबाट ओपनर कुशल भुर्तेलले ६६ रन बनाएका थिए।
करण केसीले २६ , रोहित पौडेल १६ , आरिफ शेखले २२ र आसिफ शेखले १७ रन बनाएका थिए। अन्य खेलाडीले दोहोरो अंकको रन पनि बनाउन सकेनन्।
फागुन १३, २०८० आइतबार १६:१२:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।