रोयल इन्फिल्डले हन्टर कार्निभल 'राइड एण्ड भाइव'मा बुढाथोकी प्रथम
काठमाडौं : रोयल इन्फिल्डले हन्टर कार्निभल 'राइड एण्ड भाइव' गरेको छ।
सनिबार रोयल इनफिल्डको लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालिले बजारमा ल्याएको हन्टर ३५० मोटरसाइकलको कार्निभल इजी वे ट्रायल सेन्टर संखमुलमा गरिएको हो।
कार्यक्रममा टेष्ट राइड, स्लो रेस कम्पिटिसन, रोयल इनफिल्ड गियर एण्ड जि एम ए प्रर्दशनी, मोटर साइकल एक्सचेन्ज क्याम्प, हेरिटेज कर्नर, भिन्टेज परेड, फुड स्टल र म्युजिकल पर्फमेन्स लगायतका कार्यक्रमहरू भएको कम्पनीले जनाएको छ।
१२००ं जना सहभागी भएको कार्यक्रममा रोयल इन्फिल्ड हन्टर राइड एण्ड भाइव स्लो रेस प्रतिस्पर्धामा सन्जय बुढाथोकी प्रथम हुँदा राम भण्डारी दोस्रो भए भने आर्जित श्रेष्ठले तेस्रो स्थानमा चित्त बुझाए।
कम्पनीका अनुसार विजेताहरूलाई मेडल, शर्टिफिकेट, रोयल इन्फिल्डको राइडिङ्ग ज्याकेट, हेल्मेट लगायतले सम्मान गरिएको थियो।
फागुन १३, २०८० आइतबार १५:३०:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।