विवादास्पद मन्त्रीबारे प्रधानमन्त्रीको धारणा माग्यो एमालेले, राजीनामाको माग

विवादास्पद मन्त्रीबारे प्रधानमन्त्रीको धारणा माग्यो एमालेले, राजीनामाको माग

काठमाडौँ :  एमालेका प्रमुख सचेतक पदम गिरीले छानबिनमा रहेका मन्त्रीलाई बर्खास्त गर्न सरकारको ध्यानाकर्षण गराए

आइतबार प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै उनले आकस्मिक समय लिएर विवादित मन्त्रीहरूको सम्बन्धमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरे।

‘हामी संसद् अवरोध होस् भन्ने चाहँदैनौँ। तर, प्रतिपक्षले उठाएका विषय नसुन्दा विगतमा संसद् अवरोध भएका छन्,’ उनले भने, ‘विवादित मन्त्रीहरूबारे छिटोभन्दा छिटो प्रधानमन्त्रीले जवाफ दिनुहोस्। बदनियत बोकेका र छानबिनमा रहेका मन्त्रीलाई बर्खास्त गरियोस्।’

एमालेले यस अगाडिको संसद्को बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला,स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेत, गृहमन्त्री नारायणकाजी श्रेष्ठ र पर्यटनमन्त्री सुदन किराँतीको भूमिकाबारे
प्रश्न उठाउँदै राजीनामा मागिरहेको छ।

ललितपुरको बालकुमारी भएको घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको आयोगले मन्त्री ज्वालालाई समेत दोषी देखाएको थियो।

स्वास्थ्यमन्त्री बस्नेतले टेरामक्स प्रविधि खरिद प्रकरणका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा घेरामा छन् भने उनी स्वास्थ्य उपकरण खरिदमा समेत विवादमा आइरहेका छन्। लुम्बिनीसँग जोडेर मन्त्री किराँती र गृहमन्त्री श्रेष्ठले बालकुमारी घटनामा नैतिकताको आधारमा राजीनामा दिनुपर्ने एमालेको माग छ।
 

‘गत ६ गतेदेखि संसद्मा बालकुमारी घटनाका दोषी भौतिक पूर्वाधारमन्त्री र आदेश दिने गृहमन्त्रीलाई तत्काल बर्खास्तीको माग गरेर आवाज उठाइरहेका छौँ। अख्तियारको निगरानीमा रहेका स्वास्थ्यमन्त्री बहाल रहन मिल्दैन’ एमाले प्रमुख सचेतक गिरीले भने।

फागुन १३, २०८० आइतबार १३:०६:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।