एम्बुलेन्सभित्र राखिएको २७३ किलो गाँजा बरामद

एम्बुलेन्सभित्र राखिएको २७३ किलो गाँजा बरामद

काठमाडौं : सुनसरीको बराहक्षेत्रमा एम्बुलेन्सभित्र राखिएको गाँजा बरामद गरिएको छ।

बराहक्षेत्र नगरपालिका -१ चतराबाट आज बिहान को १ च २९३७ नम्बरको एम्बुलेन्सभित्र गाँजा भेटिएको प्रहरीले जनाएको छ। एम्बुलेन्सभित्र ९ वटा पोकामा रहेको २७३ किलोको सो गाँजा बरामद गरिएको छ।

चतराबाट सूर्यकुण्ड जाने भित्री सडकखण्डमा शंकास्पद अवस्थामा रोकी राखेको सो एम्बुलेन्सभित्र गाँजा भेटिएको सुरक्षा बेस चतराका सशस्त्र प्रहरी निरीक्षक बिग बहादुर गोलेले जानकारी दिए।

बरामद गाँजा तथा एम्बुलेन्स आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीमा बुझाइएको सुनसरीका गणपति समेनन्द बज्राचार्यले बताए।

फागुन १३, २०८० आइतबार १२:१४:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।