नेपालले गुमायो पहिलो विकेट, आशिफ शेख आउट

नेपालले गुमायो पहिलो विकेट, आशिफ शेख आउट

काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग २ मा नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपालले पहिलो विकेट गुमाएको छ।

ब्याटर आशिफ शेख नवौं ओभरको तेस्रो बलमा भिभियन किङ्गाले बस दी लीडेको हातबाट क्याचआउट गराएका हुन्।

टस हारेर पहिला ब्याटिङमा तानिएको नेपालले नवौं ओभरको समाप्तीमा एक विकेट गुमाएर ४२ रन बनाएर खेलिरहेको छ।

यसअघि भएका तीन खेलमा नेपालले एक मात्र खेल जितेको छ, त्यो पनि नेदरल्याण्ड्सविरुद्ध नै।

त्यसबाहेक नामिबियाविरुद्धको दुवै खेल नेपालले हारेको हो।

फागुन १३, २०८० आइतबार १०:१३:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।