समाजवादी मोर्चाले सबै वामपन्थी पार्टीहरूलाई सहकार्यको लागि पत्राचार गर्ने

समाजवादी मोर्चाले सबै वामपन्थी पार्टीहरूलाई सहकार्यको लागि पत्राचार गर्ने

काठमाडौं : समाजवादी मोर्चाले सबै वामपन्थी शक्तिलाई मोर्चामा आबद्ध हुन पत्राचार गर्ने निर्णय गरेको छ।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मोर्चालाई विस्तार गर्न एमालेसहितका वामपन्थी शक्तिहरूलाई मोर्चामा आबद्ध गराउन पहल गर्ने निर्णय गरेको हो।

नेपाल कम्युनिस्ट पार्टीका नेता अनिल शर्माका अनुसार अब मोर्चाका संयोजक नेत्र विक्रम चन्द विप्लवले समाजवादी मोर्चामा आबद्ध हुनको लागि पत्राचार गर्नेछन्।

उनले भने, ‘एमालेसहित नेकपा मशाल, मोहन वैद्य किरण, आहुती, ऋषि कट्टेल लगायत सबैले नेतृत्व गरेकाे पार्टीलाई अब पत्राचार हुन्छ।’

त्यस्तै, बैठकले समाजवादी मोर्चाका नाराहरूको भित्ते लेखन गर्ने, झण्डा ब्यानरबाट प्रचार गर्ने, सातै प्रदेशमा एकएक वटा गोष्ठी गर्ने र समाजवादी मोर्चाको मुखपत्र प्रकाशन गर्ने निर्णय गरेको नेता शर्माले जानकारी दिए।

मोर्चाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित शीर्ष नेताहरू सहभागी थिए।

फागुन १२, २०८० शनिबार १८:१२:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।