ट्याक्टर दुर्घटना हुँदा १५ जनाको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा १५ जनाको मृत्यु

लखनउ : भारतको उत्तर प्रदेशको कासगञ्जमा ट्याक्टर दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ।

गंगामा स्नान गर्न गएका भक्तजनले भरिएको ट्रयाक्टर पोखरीमा पल्टिएर भएको दुर्घटनामा परि सात बालबालिकासहित १५ जनाको मृत्यु भएको हो।

सुरक्षा अधिकारीका अनुसार दुर्घटना परी मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।

जानकारीका अनुसार अगाडिबाट आउँदै गरेको अपरिचित गाडीलाई बचाउन खोज्दा भक्तजनले भरिएको ट्रयाक्टर अनियन्त्रित भई पोखरीमा खसेको थियो।

अन्य चार बालबालिकाको अवस्था गम्भीर रहेको र उनीहरूलाई उपचारका लागि अस्पताल पठाइएको जनाइएको छ।

१२ फागुन, २०८०, १३:५०:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।