सिरहामा बन्यो २९ करोडको झोलुङ्गे पुल, क्षमता ३ हजार ८८६ यात्रु

सिरहामा बन्यो २९ करोडको झोलुङ्गे पुल, क्षमता ३ हजार ८८६ यात्रु

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले कमला नदीमा निर्माण भएको झोलुङ्गे पुलको उद्घाटन गरेका छन्।

सिराहा नगरपालिका-१३ मल्हनीया र जनकनन्दिनी गाउँपालिका-६ कठाल जोड्ने गरी निर्माण गरिएको कठाल-मल्हनिया-मल्टिस्पान झोलुङ्गे पुलको प्रधानमन्त्री दाहालले शनिबार सिरहा पुगेर उदघाटन गरेका हुन्।

झन्डै २९ करोड रुपैयाँ लागतमा उक्त पुल निर्माण सम्पन्न गरिएको छ।

पुल निर्माणका लागि २५ करोड ८० लाख  नगद र तीन करोड ५ लाख बराबरको लठ्ठा र बुल्डग ग्रिप्सको उपयोग गरिएको छ। सो झोलुङ्गे पुलको भारवहन क्षमता ५४० मेट्रिक टन (करिब ३८८६ पदयात्री) रहेको छ।

झोलुङ्गे पुलको चौडाई चार फिट रहेकाले मानिस, चौपाया, साइकल र मोटरसाइकल पुलमाथि आउजाउ गर्न सक्छन्।

झोलुङ्गे पूलको आयु लम्ब्याउन मोटरसाइकल तार्दा कम गतिमा वा डोहोर्यािएर तार्न र टेम्पो तार्नेजस्ता कार्य नगर्न सस्पेन्सन ब्रिज डिभिजनले अनुरोध गरेको छ।

फागुन १२, २०८० शनिबार १३:२५:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।