कुन्यूबाट सल्किएको आगोमा जलेर बालकको मृत्यु

कुन्यूबाट सल्किएको आगोमा जलेर बालकको मृत्यु

विराटनगर : झापाको झापा गाउँपालिका-४ भानटोलीमा आगलागी हुँदा जलेर एकजना बालकको मृत्यु भएको छ।

परालको कुन्यूबाट सल्किएको आगोले स्थानीय इनाम हुसेन सेखको एक तले टिनको छानो भएको कच्ची घरमा शुक्रबार साँझ आगलागी भएको थियो।

प्रहरीका अनुसार सेखका साढे चार वर्षका छोरा अतिप हुसेनको जलेर घटनास्थलमै मृत्यु भएको हो।

आगलागीबाट इनाम हुसेन शेख र शाकिर हुसेन सेखको भान्सा घरभित्र रहेको खाद्यान्न, भाडावर्तन तथा नजिकै रहेको मस्जिद समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

आगलागीबाट करिब ८ लाख बराबरको क्षति भएको छ।

१२ फागुन, २०८०, १२:२२:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।